आहा ! रारा पोखरा गोल्डकप माघ ९ गतेदेखि
पाेखरा | पुस १३, २०८०
पोखरा: आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय भएको छ।
आयोजक सहारा क्लब पोखराका महासचिव रामजीप्रसाद अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै आहा राराको २३ औं संस्करण माघ ९ गते देखि २० गतेसम्म सन्चालन गर्न अखिल नेपाल फुटबल संघ(एन्फा)बाट अनुमति प्राप्त भएको जनाएका छन् ।
पोखरा रंगशालामा सन्चालन हने आहा रारामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागिता रहने बताइएको छ ।
फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्ट्सलाई हराउँदै ए डिभिजन टोली संकटा क्लबले २२औं संस्करणको आहा १ राराको उपाधि जितेको थियो। त्यति बेला विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गरेको थियो ।
प्रतियोगितालाई पहिलो संस्करण देखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ ।
पोखरा महानगरपालिकाको प्रवर्द्धन रहेको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा यु।के।, सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हंगकंगका सल्लाहकार एंव कानुन व्यवसायी देव गुरुङ बिशेष सहयोग हुन् ।
प्रतियोगिताको अफिसियल बैंक( लुम्बिनी विकास बैंक, अफिसियल एयरलाइन्स (बुद्ध एयर रहँदै आएका छन् ्र उत्कृष्ट पांच विधाको पुरस्कार सुर्य बहादुर के।सी।को स्मृतिमा प्राजोजन गरिएको छ ।
राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङले प्रायोजन गर्दै आएका छन् ्र म्यान अफ द म्याच ट्रफी, नगद र मेडल हरु सहारा यु।के।द्वारा सौजन्य दिँदै आएको छ ।
२३ वर्ष देखि निरन्तर सञ्चालन भएको प्रतियोगितामा वचत हुने रकम सूर्य बहादुर के.सी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।
गण्डकी प्रदेश, पोखरा–१७, दोविल्लामा २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण दिदै आएको सहारा फुटबल एकेडेमीमा हाल चौथो व्याचमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन् । एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै प्रतियोगिता रहेको सहाराले जनाएको छ।
पोखरा: पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

